scheduleआइतवार कार्तिक ९ गते, २०७७

जीवनसाथीको अवैध सम्बन्धबारे यसरी थाहा पाउनुहोस्

काठमाडौं । प्रेमी प्रेमिका वा श्रीमानश्रीमतिबीच एउटा आदर्श संसार हुन्छ भनेर मान्ने हो भने उनीहरुको संसार निकै पूर्ण र खुशी हुन्छ । यस्तो अवस्थामा मन, बचन तथा कर्मले एकअर्कालाई माया गरेका हुन्छन् र पूर्णरुपमा एकअर्काप्रति बफादार तथा समर्पित हुन्छन् । फलस्वरुप उनीहरुको सम्बन्ध सफल हुनजान्छ, उनीहरुको मन टुक्रदैन, उनीहरुले आँसु झार्नुपदैन । जीवन स्वर्ग बन्दछ । यो त भयो आदर्श कल्पना । तर वास्तविक जीवन निकै भिन्न हुन्छ जहाँ उनीहरुले एकअर्काप्रति वाक्क भइसकेका हुन्छन्, एकअर्काको विकल्प खोजिरहेका हुन्छन् । फलस्वरुप विश्वास टुट्दछ, मन छियाँछियाँ हुन्छ । यस्तो अवस्थामा आदर्श सम्बन्ध वा प्रेम एउटा फ्यान्टासीमा बदलिन्छ ।

यहाँ भनिएका कुराले तपाईको जीवनसाथी वा पार्टनरलाई शंकालु आँखाले हेर्नुहोस् भनेर सल्लाह दिएको भने होइन । पार्टनरको बानी, काम तथा हाउभाउमा आएको परिवर्तनले शंकै गरिहाल्नुपर्छ भन्ने त हुदैन । तर यस प्रकारको परिवर्तनको कारण भने सम्बन्ध जारी भइन्जेल खोजिरहनु आवश्यक हुन्छ ।

अहिले हामी जुन संसारमा बाचिरहेका छौं त्यो संसार आदर्श संसार होइन । तपाईका साथी, इष्टमित्र, प्रेमी, प्रेमिका, पति, पत्नी जो कोहीले पनि तपाईलाई धोका दिने संभावना यस्तो संसारमा भइरहन्छ । आफू बफादार र समर्पित भएको देखाउन धेरै बहानाबाजी पनि हुने गर्दछन् । तर साँच्चै तपाईलाई आफ्नो पार्टनरले धोका दिइरहेको वा ढाँटिरहेको कुरालाई कसरी थाहा पाउन सकिन्छ त ?

यदि तपाईले यी सातवटा त्रियाकलाप वा लक्षणलाई अवलोकन गर्नुभयो भने यो काम सजिलो हुन सक्दछः

१. फोन तथा एसएमएसको जवाफ ढिलो फकाएमा
मान्छेका आ आफ्नै नीजि मामला पनि हुन सक्दछन् तर नीजि मामलालाई देखाएर तपाईको विश्वासमा घात गर्न कसैलाई पनि छुट हुदैन । यदि तपाईको विश्वासमाथि कसैले घात गर्दछ भने कि त्यो व्यक्ति खतरनाक हो कि त्यस्तो व्यक्तिलाई विश्वास गर्ने तपाई मुर्ख हो । तपाईले गरेको फोन वा एसएमएसको जवाफ आफ्नो जीवनसाथी वा प्रेमिप्रेमिकाले फर्काउन निकै ढीलो गर्दछन् वा कुनै कुनै अवस्थामा त जवाफ नै फर्काउदैनन् । सम्बन्ध राम्रो हुदाँ तत्काल जवाफ फर्काउनेले एक्कासी मतलव नगर्दा केही न केही छ भनेर शंका त जन्मिइहाल्छ जुन स्वभाविक पनि हो । नियतवश कसैसँग भएका कारण यस्तो व्यवहार देखाएका हुन पनि सक्दछन् । जति नै व्यस्त भएपनि फोन वा एसएमएस गर्न त लामो समय लाग्दैन नि होइन त ? यस्तो व्यवहार दोहोरियाे भने यसले तपाईको पार्टनरले अरु कसैसँग सम्बन्ध छ भन्ने संकेत हो
आफ्नो पार्टनरको फोनमा के छ भनेर कहिल्यै नहेरेको अवस्थामा पनि एकाएक फोनमा स्क्रिन लक गर्नु भनेको पार्टनरले तपाईलाई धोका दिएको अर्को संकेत हो । स्क्रिन लक गर्नु भनेको तपाईबाट केही लुकाउन खोजेको भन्ने अर्थ लाग्दछ ।
२.कामबाट ढीलो घर आएमा
कामबाट घर फर्कदा प्रायः ढीलो आउने मानिसले आफ्नो पार्टनरलाई एउटा न एउटा कारण देखाइरहेका हुन्छन् । ‘ आज अफिसमा अलि बढी काम छ, म घर आउँदा ढीलो हुन्छ’ भन्ने कुरा पटक पटक दोहोरिनु स्वस्थ सम्बन्धमा राम्रो मानिदैन । अरुसँगको सम्बन्धलाई लुकाउन वा लुकिलुकि अन्य मानिससँग अवैश सम्बन्ध राख्न पनि यस्तो भनेको हुन सक्दछन् । यदि यस्तो कुरा बारम्बार भयो भने कारण खोज्ने काम तपाईको हो ।
कसैको बानी घर आउने वित्तिकै नुहाउने पनि हुन सक्दछ तर कोही कोही आफूले भर्खर समय बिताएर आएको मानिसको गन्ध आफ्नो पार्टनरले थाहा नपाओस् भनेर यसो गर्ने पनि हुन्छन् ।
४. यौन सम्पर्कमा त्यनि रुचि नदिएमा
तपाईको पार्टनरको यौन चाहना पूरा गर्ने तपाई नै हो । तर आफ्नो पार्टनरले पहिला जस्तो यौन चाहना नदेखाउने भएमा केही गडबडी छ भनेर बुझ्नुपर्दछ । यसका अन्य कारण पनि होलान् तर अचानक यौन इच्छामा कुनै चासो नराख्नु भनेको उनीहरु अरुसँगै यौन सन्तुष्टि लिएका छन् भन्ने संकेत पनि गर्दछ । अरुसँगै सम्पर्क भएपछि तपाईप्रतिको रुचि पनि स्वतः हट्ने नै भयो ।
तर आफू निश्चित नभइकन केही कुरालाई पनि शंका गर्नुहुदैन । तर यौन सम्बन्धमा आएको कमीले सम्बन्धमा ह्रास आउँछ वा अन्यसँग सम्पर्क भएमा सम्बन्धमा दरार आउन त सक्छ नि, यसलाई रोक्ने काम पनि तपाईको नै हो ।
५. विनाकारण गिफ्ट ल्याइदिएमा
आफ्नो पार्टनरले गिफ्ट किनेर ल्याउँदा माया गरेर हो कि आफ्नो गल्ती छोप्न हो भन्ने कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । यदि तपाईको पार्टनर अरुसँग अवैध सम्बन्ध राखिरहेको वा तपाईलाई चिटिङ गरिरहेको अवस्थामा कहिलकाहीं गल्ती महसुस पनि गर्न सक्दछन् । र यस्तो गल्तिलाई ढाकछोप गर्न गिफ्टको सहारा लिने गर्दछन् । गिफ्ट ल्याउनासाथ शंका गरिहाल्नु पर्छ भन्ने त होइन । माया गरेर हो कि गल्तीलाई ढाकछोप गर्न हो भन्ने तपाईले नै पत्ता लगाउने कुरा हो । तर विनाकारण शंका गरेर सम्बन्धलाई विगार्नु भने हुदैन । पार्टनरको बानीव्यहोरा, हाउभाउ, क्रियाकलाप तथा शैली हेरेर मायाले हो कि गल्ती सच्याउन हो भनेर निर्धारण गर्न सकिन्छ ।
६. आफ्नो लुकमा बढी ध्यान दिएमा
पहिला शरीरको खासै चासो नदिने मानिसले एक्कासी चासो दिन थालेपछि यसले पनि केही संकेत गर्दछ । यसो गर्नुको कारण कि तपाईलाई नै प्रभाव पार्न हो कि अन्य कसैलाई प्रभाव पार्न हो । पहिला लुगा लगाउँदा खासै मतलव नगर्ने तर अहिले निकै ध्यान दिने गर्न थालेपछि शंका त उठ्ने नै भो । पहिला रातो रंग मनै नपराउनेले एक्कासी रातो रंग मन पराएउन थालेपछि शंका गर्ने ठाँउ हुन्छ ।
सेन्ट छर्केर, कपाललाई स्टाइलिश बनाएर वा चटक्क बनेर बाहिर निस्कने बित्तिकै गलत सोंच राख्नु हुदैन । तर अन्य व्यक्तिसँग अवैध सम्बन्ध भएपछि मानिसमा यस प्रकारको परिवर्तन आएको देखिन्छ ।
७.यौन सम्पर्क गर्दा वा प्रेम व्यक्त गर्दा नयाँ शैली अपनाएमा
मनमा भएको प्रेमलाई व्यक्त गर्दा, चुम्बन गर्दा वा यौन सम्पर्क गर्दा नयाँ शैली अपनाउँदा तपाईलाई रमाइलो हुन्छ । तर अचानक यस्तो शैली आफ्नो पार्टनरले अपनाउनु भनेको यसलाई कही न कही बाट सिकेर हो । यसलाई निकै गम्भीररुपमा लिनुपर्दछ । नयाँ शैलीलाई साथीहरुले भनेको सुनेर, इन्टरनेटमा हेरेर वा कतै पढेर पनि सिकेका हुन सक्दछन्, यसमा कुनै आपत्ति भएन । तर नयाँ सेक्स पार्टनरले सिकाएको पनि हुनसक्दछन् । यसबारे बुझ्नु पर्दछ । र कारण बुझ्न शंका नगरिकन पनि सोध्न सक्नुहुन्छ । तर आफ्नो पार्टनरले अनकनाएर जवाफ दिएमा केही न केही खरावी छ भनेर बुझ्नुपर्दछ ।

धोका दिने मानिस तपाईका लागि खतरा हुनसक्दछन् वा तपाइलाई यस्ता पार्टनरले आर्थिक, मानसिक तथा भौतिक क्षति गर्न सक्दछन् भनेर सचेत गराउन मात्रै माथिका क्रियाकलाप प्रस्तुत गरिएको हो । वा यस्ता मानिसलाई बेलैमा चिन्नु भो भने तपाईलाई कसैले मुर्ख बनाउन सक्दैन भनेर प्रस्तुत गरिएको हो । कसैको जीवन वा सम्बन्धमा सकरात्मक असर नै परोस् भनेर प्रस्तुत गरिएको हो, नकरात्मक असर परोस् भनेर हुदै होइन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay