scheduleआइतवार कार्तिक ९ गते, २०७७

शनिबारेखि मौसम खुल्दै जाने, यस्तो रहनेछ दिनभरको अवस्था

काठमाडौं, १० असोज । केही दिनदेखि परेको लगातारको झरी शनिबारदेखि कम भई मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको हो । देशका धेरैजसो स्थानमा भने शुक्रबारदेखि नै मौसम खुल्दै गएको छ ।

भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्रले नेपालमा पछिल्ला दिनहरुमा मनसुनलाई सक्रिय गराएको थियो ।

शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय कुर्नुपर्ने मौसमविदको भनाइ छ । नेपालमा आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने र त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधिको विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने अवस्थाको अनुमान गर्न सकिने छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको छ र यो न्युनचापिय क्षेत्र उत्तर-पुर्वतर्फ सर्दैछ ।

अहिले कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यस्तो रहने अनुमान गरिएको छ ।

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन/ चट्याङ्ग हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एक/ दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay