scheduleआइतवार कार्तिक ९ गते, २०७७

नारायणी नदीले गैंडाको बच्चा बगायो

नवलपुर, १० असोज । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्‍जबाट गैंडाको बच्चा (केटो) बगाएको छ । निकुञ्‍जको दूर्गम क्षेत्र मानिने नवलपरासी पूर्व (नवलपुर)को मध्यविन्दु नगरपालिका र विनयत्रिवणी गाउँपालिकाको सिमाना भेलौजीबाट नदीले केटोलाई बगाएको हो ।

निकुञ्जका सहायक सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान करिब तीन वर्षको केटोलाई नदीले बगाएको हो । ‘निकुञ्‍जको दूर्गम क्षेत्र (कोर एरिया) बाट आज बिहान गैंडाको बच्चालाई बगाएको छ’ उनले भने, ‘केटोलाई बगाएपछि हामीले उद्धार गर्न अथक प्रयास गर्‍यौँ तर सफलता मिल्न सकेन।’ नदीको बाढीले केटोलाई बगाएर भारत पुर्‍याएको उनले जानकारी दिए ।

केटोलाई भारत पुर्‍याएपछि वाल्मीकि टाइगर रिजर्वका पदाधिकारीसँग समन्वय गरेर केटोको खोजी कार्य जारी राखिएको उनको भनाइ छ । ‘अहिलेसम्म केटोको अवस्था जानकारी पाउन सकिएको छैन’ उनले भने, ‘केटो भेटिएपछि खबर गर्न भनेका छौँ ।’

यस आर्थिक वर्षमा यस अघि आएको बाढीले बगाउँदा एउटा गैंडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

विसं २०७४ सालको साउनमा आएको बाढीमा बगेर निकुञ्‍जको गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्‍जले यसरी बगेका र ज्युँदै रहेका १३ वटा गैंडा उद्दार गरेर चितवन नै ल्याएको थियो । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay