scheduleसोमवार कार्तिक १० गते, २०७७

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

चितवन, १० असोज । चितवनमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा राति ९:५० बजेको समयमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रत्‍ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्षीय पुरन गिरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वपश्चिम राजमार्गमा रत्‍ननगरबाट भरतपुरतर्फ आइरहेको ना ५ ख १३६४ नं.को ट्रकले ना ६४ प ८३६३ नं. को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार राति १०ः२० मा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay