scheduleबुधवार कार्तिक ५ गते, २०७७

इएफएल कप: टोटनह्‍यामले वाकओभर पायो, चौथो चरणमा चेल्सीसँग खेल्ने

काठमाडौं, १० असोज । इंग्लिस फुटबल लिग कप अर्थात् काराबाओ कपको चौथो चरणमा प्रिमियर लिगका दुई बलिया टोली टोटनह्‍याम हटस्पर र चेल्सी भिड्न‍े भएका छन् ।

तेस्रो चरणको खेलमा टोटनह्‍यामले ‘वाकओभर’ पाएपछि सिधै चौथो चरणमा प्रवेश गर्दा चेल्सी प्रतिद्वन्द्वी पाएको हो । तेस्रो चरणमा टोटनह्‍यामले दोस्रो श्रेणीको क्लब लेटन ओरियन्टसँग मंगलबार खेल्ने तालिका रहेपनि क्लबका अधिकांश खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि खेल स्थगित गरिएको थियो ।

लेटनको मैदानमा हुने भनिएको खेल गर्न स्थानीय प्रशासनले समेत स्वीकृति दिएको थिएन । लेटनले टोली उतार्न नसकेको र आयोजना गर्न असमर्थ रहेपछि प्रतियोगिता नियमावलीको अनुसार नै खेल टोटनह्‍यामको पक्षमा पुगेको थियो ।

टोटनह्‍यामका समर्थकले खेल नहुने देखेपछि तल्लो श्रेणीको लेटनको सहयोगार्थ क्लबको स्टोरबाट सामान खरिद गरेर सहानुभूति जनाएका थिए । क्लबले एकैदिन २० हजार पाउण्डसम्म सामग्री बेचेको बताएको थियो । लेटनको जर्सीलाई टोटेनहमकै फरवार्ड ह्‍यारी केनले मुख्य प्रायोजन गरेका छन् ।

काराबाओ कपले शुक्रबार दुई टिमबीचको खेल रद्द गर्दै टोटनह्‍यामलाई वाकओभर दिएको दिएको हो । अब टोटनह्‍यामले मंगलबार चेल्सीसँग खेल्नेछ ।

चेल्सीले तेस्रो चरणमा बार्न्सलीमाथि ६–० को सानदार जित दर्ता गर्दै अघिल्लो चरणमा स्थान पक्का गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay