scheduleसोमवार कार्तिक ३ गते, २०७७

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना पुष्‍टि

चितवन, १० असोज । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शनिबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुने सबैजना चितवनका हुन् ।

चितवनको राप्ती नगरपालिका- २, ४ र ६ का चारजना पुरुष र एकजना महिलामा संक्रमण पुष्‍टि भएको छ । पुरुषहरु १८, २८, ५७ र ६४ वर्ष उमेरका हुन् भने महिला ६२ वर्षीया हुन् । उनीहरु सबैजना क्‍वाेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

त्यसैगरी रत्‍ननगर नगरपालिका-३ र १४ का ३२ र ६४ वर्षीय पुरुषहरुमा पनि संक्रमण देखिएको छ । उनीहरु पनि क्‍वारेन्टाइनका हुन् ।

पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-३ का ८४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रयोगशालामा शुक्रबार रातिसम्म परीक्षण गरिएका १२४ नमूनाहरुमध्ये ८ को रिपोर्ट पोजेटिभ आउँदा अन्य ११६ नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay