scheduleमगलवार कार्तिक ४ गते, २०७७

कोरोना कहरः प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

कर्णाली, १० असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए ।

‘कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,’ उनले भने, ‘वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।’

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनको भनाइ छ ।

सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay