scheduleआइतवार कार्तिक ९ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ७२४ कोरोना संक्रमित, चारजनाको मृत्यु

काठमाडौं, १० असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २६४ महिला र ४६० पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ५८३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्‍टि भएको छ । पछिल्ला दिनहरुमा काठमाडौंमा संक्रमणको दर व्यापक रुपले बढेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका दुईजना तथा ललितपुर र भक्तपुरका एकएकजना संक्रमितको मृत्यु भएको छ । उपत्यकाका चारसहित नेपालमा आठजनाको ज्यान गएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay