scheduleसोमवार कार्तिक १० गते, २०७७

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु

काठमाडौं, १० असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप आठजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि चारजनाको ज्यान गएको छ ।

बुधबार ज्यान गुमाउने आठैजना पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंका २० वर्षीय युवक र ७४ वर्षीय पुरुष रहेका छन् भने भक्तपुरका ८८ वर्षीय र ललिपुरका ७६ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी सप्तरीका ६३ वर्षीय मकवानपुरका ७४ वर्षीय रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा शनिबार १२०७ जना कोरोना संक्रमित थपिँदा ११४७ जना निको भएर घर फर्किएका छन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । अहिले सक्रिय संक्रमित १८ हजार ३४१ जना रहेका छन् भने ५३ हजार १३ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay