scheduleमगलवार कार्तिक ४ गते, २०७७

गोरु काटेको अभियोगमा तीनजना पक्राउ

झापा, १० असोज । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय टीकाराम दनुवार रहेका जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

शनिबार बिहान ८ बजे उनीहरुले गोरु काटेर खाएको, गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनेर स्थानीयवासीले प्रहरी चौकी खबर गरेका थिए । उखुबारीमा गाडिएको अवस्थामा टाउको र खुट्टासमेत फेला पारिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay