scheduleसोमवार कार्तिक १० गते, २०७७

कोरोनाबाट क्याम्पस प्रमुखको मृत्यु

बर्दिया, १० असोज । बबई बहुमुखी क्याम्पस गुलरियाका प्रमुख विनोद अग्रवालको कोरोना संक्रमणका कारण मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

५२ वर्षीय क्याम्पस प्रमुख विगत दुई वर्ष यता फोक्सोको क्यान्सरबाट पीडित  थिए ।

केही दिन अघि  दिल्लीमा क्यान्सरको नियमित उपचारका लागि गएका उनको  फर्केपछि स्वाब परीक्षण गर्दा कोरोना  पोजिटिभ देखिएको थियो । उनी होमआइसोलेशनमै बस्दै आएका थिए ।

आज श्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ नेपालगञ्जस्थित भेरी अस्पताल लैजाने क्रममा उहाँको निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको बताए ।

बर्दियामा कोरोना संक्रमणबाट हालसम्म ४ जनाको ज्यान गइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay