scheduleसोमवार कार्तिक १० गते, २०७७

नाटकीय खेलमा युनाइटेडले ब्राइटनलाई हरायो

काठमाडौं, १० असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार साँझ सम्पन्‍न खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । सिजनको पहिलो जीत दर्ता गर्ने क्रममा उसले ब्राइटनलाई उसैको मैदानमा ३-२ ले हरायो ।

खेलको इन्ज्युरी समय नाटकीय बनेको थियो । ५ मिनेटको इन्ज्युरी समय थपिएको भएपनि त्यो १० मिनेटसम्म लम्बिएको थियो । इन्ज्युरी समयको अन्त्यतिर भिएआरको मान्यताबाट पेनाल्टी पाएपछि गोल गर्दै युनाइटेडले खेल जितेको थियो ।

युनाइटेडको जीतमा मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे भने एक गोल ब्राइटनका तर्फबाट आत्मघाती भएको थियो । ब्राइटनका निल मोउपे र सोली मार्चले एक-एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने ब्राइटनले लिएको थियो । ४०औं मिनेटमा प्राप्त पेनाल्टीमा मोउपेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै ब्राइटनका लेविस डन्कले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

पहिलो हाफमा १–१ को बराबरी भएपनि मार्कस रासफर्डले ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समय थप गरिएको पाँच मिनेटमा युनाइटेड सम्हालिन नसक्दा गोल खान पुगेको थियो । इन्ज्युरी समयको पाँचौ मिनेटमा मार्चले बराबरी गोल फर्काएपछि रेफ्रीले सिठ्ठी फुक्दै खेल सकिएको घोषणा गरे ।

तर युनाइटेडका खेलाडीले ह्‍यान्डबलका लागि अपिल गरेपछि भिएआर चेक गरिएको थियो । भिएआर परीक्षणमा ब्राइटनका खेलाडीको ह्‍यान्डबल भएको देखिएपछि युनाइटेडले पेनाल्टी पाएको थियो जसमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई रोमाञ्‍चक जीत दिलाए ।

जीतसँगै युनाइटेडले सिजनको पहिलो अंकका रुपमा अंकतालिकामा खाता खोल्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay