scheduleबुधवार कार्तिक १२ गते, २०७७

दम्पतिमाथि आक्रमण हुँदा श्रीमतीको ज्यान गयो, श्रीमान गम्भीर घाइते

रौतहट, १० असोज । रौतहटको देवाही गोनाही नगरपालिकामा हतियारधारी समूहले दम्पतिमाथि आक्रमण गर्दा श्रीमतीको ज्यान गएको छ । उनका श्रीमानको अवस्था पनि गम्भीर रहेको छ ।

देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्‍नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका लागि वीरगञ्‍ज लगिएको थियो । उपचारकै क्रममा शनिबार जगरामीको मृत्यु भएको छ भने न्यूरो अस्पतालमा उपचार गराइरहेका महेशको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

उनीहरुले जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतिमाथि आक्रमण भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनामा संलग्‍न बलीराम मुखिया बिन पक्राउ परिसकेका छन् भने बाँकीको खोजी भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका तिवारी दम्पतीलाई शुक्रबार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया बिन, प्रजित मुखिया बिन र बलिराम मुखिया बिनसहित चारजना मिलेर आक्रमण गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay