scheduleसोमवार कार्तिक १० गते, २०७७

आइपिएल क्रिकेट: हैदराबादमाथि कोलकाताको सहज जीत

काठमाडौं, ११ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । प्रतियोगितामा पहिलो जीत हात पार्ने क्रममा उसले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो ।

हैदराबादले दिएको १४३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ ओभर अगावै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । कोलकाताका लागि ओपनर शुभमन गिलले अविजित ७० रन बनाए भने इयान मोर्गानले पनि अविजित ४२  रन बनाए । हैदराबादका राशिद खान, टि नटराजन र खलील अहमदले एक-एक विकेट लिए ।

यसअघि अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ५१ रन बनाए भने कप्तान एवम् ओपनर डेभिड वार्नरले ३६ रन बनाए । कोलकाताका प्याट कमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसलले १-१ विकेट हात पारे ।

जीतसँगै २ अंक बटुलेको कोलकाता अंकतालिकाको पाँचौ स्थानमा रहन सफल भएको छ भने पराजित हैदराबाद अंकविहीन रहँदै पुछारमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay