scheduleबिहिवार कार्तिक ६ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, ११ असोज । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको विहारमा रहेको न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको छ ।

अहिले प्रदेश १ मा पूर्णतया बदली रही देशभर सामान्य बदली रहेको अवस्था रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक/ दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay