scheduleबुधवार कार्तिक ५ गते, २०७७

उत्कृष्‍ट पुनरागमन गर्दै चेल्सी हारबाट जोगियो

काठमाडौं, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति सम्पन्‍न खेलमा वेस्ट ब्रोम र चेल्सीले बराबरी खेलेका छन् । वेस्ट ब्रोमको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा नै ३-० ले पछाडि परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्‍ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याउँदा हारबाट जोगिन सफल भएको छ ।

वेस्ट ब्रोमका लागि क्यालम रबिन्सनले दुई गोल गरे भने काइल बार्टली एक गोल गरे । चेल्सीका मेसन माउन्ट, क्यालम हड्सन ओडोई र टामी अब्राहमले एक-एक गोल गरे ।

चेल्सी सुरुवाती २८ मिनेटमा नै ३-० ले पछि परेको थियो । खेलको चौथो मिनेटमा नै रबिन्सनले गोल गर्दै सुरुवाती अग्रता दिलाए । २५औं मिनेटमा रबिन्सनले नै गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । २७औं मिनेटमा काइल बार्टलीको गोलमार्फत वेस्ट ब्रोम ३-० ले अगाडि बढ्यो ।

५५ औं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । ७० औं मिनेटमा हड्सन ओडोइले गोल गरे । हारको नजिक पुगिसकेको चेल्सीका लागि अब्राहमले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीले १ १ अंक बाँडेका छन् । चेल्सी ३ खेलबाट ४ अंकसहित अंकतालिकाको छैंटौ  स्थानमा रहेको छ भने वेस्ट ब्रोम १ अंकसहित १६औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay