scheduleआइतवार कार्तिक ९ गते, २०७७

पहिरोको उच्च जोखिममा स्वास्थ्य चौकी

बाग्लुङ, ११ असोज । बाग्लुङको बाग्लुङ नगरपालिका–८ सिगानामा रहेको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । निरन्तरको वर्षाले स्वास्थ्य चौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्य चौकीको भवन समेत चर्किएको छ ।

दुई वर्ष पहिला निर्माण भएको स्वास्थ्य चौकीको नयाँ भवन पहिरोको कारण उच्च जोखिममा रहेको स्वास्थ्य चौकी इन्चार्ज विष्णुप्रसाद शर्माले जानकारी दिए । पहरोको उच्च जोखिममा रहेर भवनसमेत चर्केको अवस्थामा उपचार सेवाका लागि समेत समस्या भएको छ ।

बाग्लुङ नगरपालिकादेखि लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीदेखि पहिरो गएका कारण स्वास्थ्य चौकी पूर्ण खतरामा रहेको शर्माको भनाइ छ । ‘स्वास्थ्य चौकीको खानेपानी ट्याङ्की भासिएको छ, भवनको केही भाग चर्किएको छ’, शर्माले भने, ‘पहिरो निरन्तर गइरहेको र भिरालो जमिनमाथि स्वास्थ्य चौकी भवन भएका कारण ठूलो क्षति हुनसक्ने अनुमान छ ।’

तत्कालै सम्बन्धित निकायको ध्यान नजाने हो भने स्वास्थ्य चौकी नै विस्थापित हुने खतरा छ । स्वास्थ्य चौकीको अग्रभागमा रहेको ढलान छिया–छिया भएर चर्किएको छ ।

झण्डै एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको उक्त भवन वातावरणीय मूल्याङ्कनबिनै निर्माण गर्दा समस्या भएको वडाध्यक्ष राजन जिसीले बताए । तत्कालै पहिरो रोकथामका लागि ठूलो बजेट विनियोजन गर्न आवश्यक रहेको भन्दै जिसीले आवश्यक समन्वय भइरहेको बताए ।

झण्डै २०० मिटर लामो पहिरोका कारण लामाचौर जाने सडकमा समेत असर पुर्याएको छ । पहिरोले स्वास्थ्य चौकीमुनिका तीन घरसमेत जोखिममा परेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay