scheduleबुधवार कार्तिक ५ गते, २०७७

स्पेनिस लालिगा: साविक विजेता मड्रिडको संघर्षपूर्ण जीत

काठमाडौं, ११ असोज । स्पेनिस ला लिगाको नयाँ सिजनअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता रियाल मड्रिडले पहिलो जीत दर्ता गरेको छ । ‍मड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई उसैको मैदानमा ३–२ ले हराउँदै ३ अंक बटुल्न सफल भएको हो ।

संघर्षपूर्ण खेलमा मड्रिडलाई जीत दिलाउन मिडफिल्डर फेडेरिको भाल्भर्डे र कप्तान सर्जियो रामोसले एक-एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।

१४औं मिनेटमा भालभर्डेले गोल गर्दै मड्रिडलाई अग्रता दिलाए । ३५औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरमार्फत आएको बललाई मान्डीले हेड गर्दै पोस्टको दिशा दिएक थिए । त्यसलगत्तै ३७औं मिनेटमा कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । नेविल फेकिरको पासमा कार्भाल्होले पेनाल्टीमा बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४८औं मिनेटमा बेटिसका इमर्सनले आत्मघाती गोल गरेपछि खेल पुनः २-२ को बराबरीमा आएको थियो । ६७औं मिनेटमा लुका जोभिकलाई फल गरेर त्यसपछि अनावश्यक विवादमा उत्रिएपछि रेफ्रीले इमर्सनलाई रातो कार्ड देखाएर मैदानबाहिर पठाएका थिए । त्यसपछि बेटिस १० खेलाडीमा समेटिएको थियो ।

८०औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीको अवसर पायो । भिएआरको सहायताबाट प्राप्त पेनाल्टीमा कप्तान रामोस चुकेनन् र टोलीलाई ३ २ को अग्रता दिलाए । त्यसपछ थप गोल हुन नसक्दा अन्तिम नतिजा त्यही बन्यो ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay