scheduleबुधवार कार्तिक ५ गते, २०७७

सिरी ए फुटबलमा इन्टर मिलानको विजयी सुरुवात

काठमाडौं, ११ असोज ।  इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा इन्टर मिलानले जीत निकालेको छ । घरेलु मैदानमा सिजनको पहिलो खेलमै जीत निकाल्ने क्रममा इन्टरले फियोरेन्टिनालाई ४-३ ले हरायो ।

इन्टरको जीतमा लाउतारो मार्टिनेज, रोमेलु लुकाकु र डेनियल डि एम्ब्रोसियोले एक-एक गोल गरे भने एक गोल फियोरेन्टिनाका तर्फबाट आत्मघाती भएको थियो । फियोरेन्टिनाका क्रिस्टियन कोआमे, गेटानो क्यास्ट्रोभिल्ली र फेडरिको चिइसाले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै क्रिस्टियनको गोलबाट फियोरेन्टिनाले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा लाउतारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५२औं मिनेटमा फेडरिको सेसहेरिनीले आत्मघाती गोल गरेपछि इन्टरले खेलमा २–१ को अग्रता लियो । तर ५७औं मिनेटमा गेटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै खेललाई फेरि २–२ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा फेडरिको चिइसाले गोल गरेपछि फियोरेन्टिनाले खेलमा ३–२ को अग्रता लिन सफल भयो ।

त्यसपछि खेलको अन्त्यतिर दुई मिनेटमा दुई गोल गर्दै इन्टरले रोमाञ्‍चक जीत हात पार्‍यो । ८७औं मिनेटमा लुकाकुले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए भने ८९औं मिनेटमा डि एम्ब्रोसियोले गोल गर्दै इन्टरलाई ४–३ को जीत दिलाए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay