scheduleसोमवार कार्तिक १० गते, २०७७

रहेनन् भारतका पूर्वमन्त्री जसवन्त सिंह

नयाँ दिल्ली, ११ असोज । भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ ।

दिल्लीको आर्मी अस्पतालमा उपचाररत रहेको बेला आइतबार बिहान उनको निधन भएको हो ।

सिंह अटल विहारी बाजपेयी सरकारको पालामा वित्त, रक्षा र विदेश मन्त्री थिए । उनी नेपालमा चिरपरिचित थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay