scheduleबिहिवार कार्तिक ६ गते, २०७७

मन्त्रीपरिषद बैठकअघि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरू भएको छ । प्रम ओलीले आजै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

मन्त्रिपरिषद् बैठक अगाडि ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । आइतबार बिहानबाट सुरु भएको भेटमा मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल हुने बताइएको छ।

‘उहाँहरु अहिले छलफलमा बसिरहनु भएको छ। बैठकपछि मात्रै उहाँहरुबीचको छलफलको विषयको बारेमा जानकारी आउँछ,’ अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले भने ।

असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको बिषय निर्णयको नजिक पुग्न लागेको नेकपाका एक नेताले जानकारी दिए । बैठकले यसको जिम्मेवारी अध्यक्षद्वयलाई दिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay