scheduleआइतवार कार्तिक ९ गते, २०७७

डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै

काठमाडौं, ११ असोज । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

उनको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाई छ । शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा. केसीमा मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने लगायतका समस्या देखिएको छ ।

कमजोर स्वास्थ्यका कारण मुटुको चालमा असामान्यता आउने सम्भावना समेत देखिएको छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ ।

जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा. केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay