scheduleबिहिवार कार्तिक ६ गते, २०७७

सकियो अध्यक्षद्वयको छलफल, मन्त्री फेर्नेबारे ठोस सहमति बन्न सकेन

काठमाडौं, ११ असोज । सत्तारुढ नेकपाको अध्यक्षद्वयबीच बालुवाटारमा जारी छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताले मन्त्रिमण्डल पुनर्गठनबारे ठोस सहमति बनाउन नसकेको हो ।

आजै आइतबार मध्यान्ह १२ बजेका लागि प्रधानमनत्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठकअघि ओलीले छलफलका लागि प्रचण्डलाई बोलाएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका विषयमा केन्द्रित रहेको अध्यक्षद्वयको छलफलमा कुनै ठोस सहमति नभएको बताइएको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलका अनुसार अध्यक्षद्वयबीच छलफललाई निरन्तरता दिने सहमति बनेको छ ।

गत साता अध्यक्षद्वयले विभिन्न चरणमा यही एजेन्डामा केन्द्रित रहेर छलफल गर्दै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay