scheduleआइतवार कार्तिक ९ गते, २०७७

मन्त्रीपरिषद्को बैठक शुरु

काठमाडौं, ११ असोज । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिएका छन् । बैठकअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । अध्यक्षद्वयको छलफल सकिएसँगै मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

सामान्यतः मन्त्रिपरिषद्को बैठक सोमबार र विहीबार बस्ने भएपनि आज प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

अध्यक्षद्वयबीच आइतबार बिहान भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै सहमति नजुटेको बताइएको छ । अध्यक्षद्वयबीच सहमतिका लागि छलफललाई जारी राख्ने सहमति भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay