scheduleआइतवार कार्तिक ९ गते, २०७७

डा. केसीको जीवनरक्षा गर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं, ११ असोज । नागरिक अगुवाहरुले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि निरन्तर अभियानरत अभियन्ता प्रा.डा. गोविन्द केसीको जीवनरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

विगत १४ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा दर्जनौं नागरिक अगुवाले आइतबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । ‘भदौं २९ मा जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गिर्दो छ । परीक्षणमा संलग्न चिकित्सकहरुका अनुसार उहाँको शरीर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं,’ नागरिक अगुवाहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको चिकित्सा शिक्षा क्षेत्रमा आम जनताको पहुँच हुनु पर्दछ । सर्वसुलभ स्वास्थ्य व्यवस्था मिलाउनु राज्यको कर्तव्य हो भन्दै उहाँ यसअघि १८ पटक अनशन बसिसक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पनि उहाँको अनशन तोडाउने क्रममा अनेकन पटक सम्झौताहरु गरेको छ ।’

विभिन्न सरकारका समयमा पटक पटक गरिएका ती सम्झौंताको पूर्ण कार्यान्वयन नगरिँदा फेरि अनशन जस्तो कठोर बाटो अपनाउन बाध्य भएको डा. केसीले बताउँदै आएको स्मरण गराउँदै विज्ञप्तिमा उनको जीवनरक्षाको लागि पहल गर्न भनिएको छ ।

‘सादगी, सरल जीवन ब्यतित गर्ने डा. केसी मौका पाउना साथ, विभिन्न प्रकोप र महामारीहरुमा जनताको घरदैलोमै पुगेर सेवा गर्नुहुन्छ । उहाँको यो शैलीबाट स्वास्थ्य सेवाबाट बञ्चित बनाइएका आम जनताले लाभ प्राप्त गरिहेको तथ्य हामी सबैमा ज्ञात नै छ,’ विज्ञप्तिमा भनिएको छ ।

डा.केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको र उनलाई यस्तो अवस्थामा कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु राज्यको कर्तव्य हुन आउने विज्ञप्तिका हस्ताक्षरकर्ताहरुले भनेका छन् ।

अपीलकर्ताहरुः
श्री कल्याण श्रेष्ठ, पूर्व प्रधान न्यायाधीश
श्री सुशीला कार्की, पूर्व प्रधान न्यायाधीश
श्री दमननाथ ढुगांना, पूर्व सभामुख एवं मानवअधिकारवादी
प्रा.डा. केदारभक्त माथेमा, पूर्व उपकुलपति त्रि.वि.
प्रा.डा. कपिल श्रेष्ठ, पूर्व सदस्य, मानवअधिकार आयोग एवं मानवअधिकारवादी
डा. केदारनरसिंह केसी, अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
श्री चरण प्रसार्इं, मानव अधिकारवादी
श्री हरिहर दाहाल, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
श्री शम्भु थापा, पूर्व अध्यक्ष नेपाल बार एसोसिएसन
श्री प्रेमबहादुर खड्का, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
श्री शेरबहादुर केसी, पूर्व अध्यक्ष, नेपाल बार एसोसिएसन
डा. विपीन अधिकारी, संविधानविद
डा. दिनेश त्रिपाठी, बरिष्ठ अधिवक्ता एवं मानवअधिकारकर्मी
डा. भीमार्जुन आचार्य, संविधानविद्
श्री हरिहर विरही, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
श्री तारानाथ दाहाल, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
श्री धर्मेन्द्र झा, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ
डा. सुधा शर्मा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. चोपलाल भुसाल, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. अञ्जनीकुमार झा, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
डा. मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ
ई. हरेराम श्रेष्ठ, पूर्व अध्यक्ष ईन्जिनियर एसोसिएसन
श्री मोहन ज्ञवाली, पूर्व अध्यक्ष, नेपाल शिक्षक संघ
श्री राजन कुईंकेल, पूर्व अध्यक्ष, एम्नेष्टी इन्टरनेशनल नेपाल
श्री इन्द्र अर्याल, पूर्व अध्यक्ष, मानवअधिकार संगठन
श्री महामुनिश्वर आचार्य, अध्यक्ष, मानवअधिकार संगठन
श्री ओमप्रकाश अर्याल, अधिवक्ता एवं मानवअधिकारकर्मी
श्री लिली थापा, मानवअधिकारकर्मी
श्री बद्रीप्रसाद भुषाल, अधिवक्ता
श्री सुमन अधिकारी, मानवअधिकारकर्मी
श्री राजुप्रसाद चापागाँई, अधिवक्ता एवं मानवअधिकारकर्मी
श्री, रामेश्वर नेपाल, मानवअधिकारवादी
श्री मिलनचन्द्र खनाल, केन्द्रीय सदस्य प्रजातान्त्रिक विचार समाज

अपीलकर्ताहरुका तर्फबाट,
डा. केदारनरसिंह केसी
अध्यक्ष, प्रजातान्त्रिक विचार समाज एवं पूर्व अध्यक्ष, नेपाल चिकित्सक संघ

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay