scheduleसोमवार कार्तिक १० गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित, पाँचजनाको मृत्यु

काठमाडौं, ११ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार २९४ महिला र ५१५ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा संक्रमण पुष्‍टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंका ३ जना तथा ललितपुरका २ जना गरी उपत्यकामा ५ जनाको ज्यान गएको छ ।

उपत्यकाका पाँचसहित नेपालमा बितेको २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १५९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay