scheduleमगलवार कार्तिक ४ गते, २०७७

आङरिताको आत्माको चीर शान्तिका लागि शान्ति पूजा

काठमाडौं, ११ असोज । गत सोमबार निधन भएका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको आत्माको चिर शान्तिका लागि आइतबार बौद्धस्थित शेर्पा गुम्वामा शान्ति पूजा गरिएको छ ।

विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको सोमबार निधन भएको थियो भने बुधबार बौद्ध पराम्परा अनुसार टेकु दोभानमा अन्त्येष्टि गरिएको थियो ।

स्वर्गीय शेर्पाको सम्झनामा यम्बु ठमिछो किदुगले शान्ति पूजा गरेको हो । यम्बु ठमिछो किदुगका अध्यक्ष मिङ्वा शेर्पाले आङरिता शेर्पाका लागि सरकारले दिएको सम्मानले समस्त शेर्पा समूदाय नै खुसी रहेको बताए । उनले आगामी दिनमा शेर्पाको परिवारलाई सरकारले बिशेष व्यवस्था गर्नुपर्ने पनि बताए ।

सोलुखुम्बुको थामेमा जन्मनुभउका शेर्पा ‘हिमचितुवा’को रुपमा चिनिन्थे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay