scheduleसोमवार कार्तिक १० गते, २०७७

४८ जिल्लामा सीमित रह्यो कोरोना संक्रमण, हेर्नुहोस् पूरा विवरण

काठमाडौं, ११ असोज । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५९३ जना कोरोना संक्रमित थपिए सँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८८५ जना संक्रमित निको भएसंगै निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १३० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ९ लाख ८८ हजार ३२७ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । आइतबार ४८ जिल्लामा संक्रमण देखिएको छ । संक्रमित सबैभन्दा धेरै काठमाडाैंमा ६३३ जना रहेका छन् । मोरङमा १५२ र ललितपुरमा १०४ जना रहेका छन्  ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay