scheduleबिहिवार कार्तिक १३ गते, २०७७

मयंकको शतकमा पञ्‍जाबद्वारा विशाल स्कोर खडा

काठमाडौं, ११ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार राति भइरहेको खेलमा किङ्स इलाभेन पञ्‍जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

शारजाहमा टस हारेर ब्याटिङ थालेको पञ्‍जाबले विस्फोटक अन्दाजमा रन बनाएको छ । पञ्‍जाबका ओपनर मयंक अग्रवालले शतक प्रहार गरेका छन् । उनले टम करानको बलमा आउट हुनुपूर्व १०६ रन बनाउँदा अर्का ओपनर केएल राहुलले पनि ६९ रनको योगदान दिए ।

यी दुईजना मिलेर पहिलो विकेटका लागि १८३ रनको साझेदारी गरेका थिए । यस्तै निकोलस पूरन २५ र ग्‍लेन म्याक्सवेल १३ रनमा अविजित रहे ।

पञ्‍जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रनको विशाल योगफल खडा गरेको छ । राजस्थानका सबै बलरहरु पञ्‍जाबका ब्‍याट्सम्यानसामू निरीह बनेका थिए ।

यसअघि बैंगलोरविरुद्धको खेलमा केएल राहुलले अविजित १३२ रनको शतकीय पारी खेलेका थिए जसमा पञ्‍जाबले बैंगलोरमाथि ९७ रनको जीत हात पारेको थियो ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay