scheduleमगलवार कार्तिक ४ गते, २०७७

प्रिमियर लिग: टोटनह्‍यामलाई न्युकासलले बराबरीमा रोक्यो

काठमाडौं, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा टोटनह्याम बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्‍याम न्युकासलसँग १-१ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफको २५औं मिनेटमा लुकास मोउराले गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो ।

पहिलो हाफमा एक शून्यले पछि परेको न्युकासल खेलमा फर्कन प्रयासरत रहेको थियो ।

इन्ज्युरी समयको अन्त्यतिर एरिक डायरको ह्‍यान्डबल भएपछि न्युकासलले पेनाल्टी पाएको थियो जसमा क्यालम विल्सनले गोल गर्दै टोटनह्‍यामबाट अंक खोस्‍न सफल भएको हो ।

आइतबार नै भएको खेलमा लिड्स युनाइटेडले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १ ० ले हराएको छ । लिड्सको जीतमा प्याट्रिक बामफोर्डले ८८औं मिनेटमा गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay