scheduleबुधवार कार्तिक १२ गते, २०७७

चिसोले गला बस्यो ? घरमै बसेर यसरी गर्नुहोस् स्वास्थ्यलाभ

मौसम बदलिएसँगसँगै चिसोले गर्दा हाम्रो गला बस्ने गर्छ । घाँटी दुख्ने, कफ जम्ने र खोकी लाग्नेसम्मका समस्या सामान्यतः सबैले बेहोर्नुपरिरहेको हुन्छ । यसलाई नै ठूलो समस्या मानेर डाक्टरकोमा जाने र विभिन्न किसिमका औषधीहरु खानेक्रम बढिरहेको छ । कहिलेकाँही यही सामान्य समस्याले पनि ठूलो रुप लिनसक्छ ।

यदि घरमै पनि उपयुक्त उपाय अपनाउन सकियो र घरेलु पद्धतिबाट उपचार गर्न सकियो भने बिना कुनै साइड इफेक्ट पनि स्वास्थ्य लाभ हासिल गर्नसकिन्छ ।

दालचिनी
चिसोको कारण यदि तपाईंको गला बिग्रिएको छ भने दालचिनीले तपाईलाई धेरै लाभ दिन सक्छ । एक ग्लास तातो पानीमा एक सानो चम्चा दालचिनीको पाउडर र मरिचलाई घोल्नुहोस् । अब यो मिश्रणलाई छान्नुहोस् र त्यसले घाँटी कुल्ला गर्नुहोस् । तपाईंले चाहनुभयो भने यसमा इलायची पनि राख्न सक्नुहुन्छ । दिनमा दुई पटक यस्तो पानीले मुख कुल्ला गर्दा घाँटी दुख्ने समस्यामा समाधान हुन्छ ।

अदुवा र मह
घाँटी दुख्ने वा गलामा समस्या भएका अदुवा र महको प्रयोग पनि उपयोगी ठहरिने छ । यसको लागि अदुवालाई पिसेर महमा मिलाउनुहोस् र मरिचको धूलो हालेर पेस्ट बनाउनुहोस् । बेला बेलामा यसलाई मुखमा राख्दा तपाईंले धेरै राहत महसुस गर्नुहुनेछ । यहाँ अदुवाको ठाउँमा लसुनको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

लसुन
लसुनमा एन्टी सेप्टिक र एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले गलालाई धेरै फाइदा पुर्याउँछ । यसको लागि लसुनको काँचो पोटी चपाउनुहोस् । किनकी यसबाट एसिलिन नामक एउटा रसायन निस्कन्छ । जसले गला खराब गर्ने ब्याक्टेरियालाई नष्ट गर्दछ । सम्भव भए लसुनको तेलको केही थोपा तातो पानीमा राखेर कुल्ला गर्दा पनि स्वास्थ्य लाभ हुनेछ ।

ल्वाङ, मरिच र मह
एक ग्लास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिलाउनुहोस् । हरेक दिन बिहान यसलाई पिउँदा गला ठिक हुन्छ ।

बेसार
एन्टी सेप्टिक गुणका कारण बेसारलाई धेरै रोगहरुको अचुक औषधीको रुपमा लिइन्छ । एक कप तातो पानीमा केही बेसार मिलाएर हेरक बिहान खाली पेटमा यसलाई पिउँदा तीन चार दिनमै आराम मिल्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay