scheduleबिहिवार कार्तिक ६ गते, २०७७

यस्तो गर्ने गर्नुभएको छ ? अध्ययन भन्छ- यो बानी खतरनाक हुनसक्छ

एजेन्सी । शरीरका रौं खौरनुभन्दा अगाडि सोच्नुभएको छ कि शरीरको अरु भागमा भन्दा त्यहाँनेर किन रौं एकदमै छिटोछिटो बढ्छ भनेर ? यसको पछाडि एउटा शक्तिशाली कारण हुन्छ । यसले भन्छ, यहाँको रौं नखौरनु नै राम्रो हुनेछ ।

जनेन्द्रीय अथवा जाँघ आसपासलका रौं हटाउँदा तपाईलाई एकदमै सफा भएको छु झैं लाग्ला । तर यसरी रौं हटाउनेहरुलाई अन्य मानिसलाई भन्दा बढी यौनसम्बन्धी रोगहरु फैलने सम्भावना बढी हुन्छ ।

एक नयाँ अनुसन्धानबाट १८ देखि ६५ वर्षबीचका ७५ सयभन्दा बढी अमेरिकनहरुमाथि गरिएको एउटा सर्वेक्षणका अनुसार जाँघ आसपास रौं सफा गर्ने महिलाहरुलाई यौनसम्बन्धी सरुवा रोगहरु सर्ने खतरा ८० प्रतिशतसम्म धेरै देखिएको छ ।

शोधकर्ताहरुले रौं सफा गर्ने काम र यौन संक्रमणको बीचमा सिधा सम्बन्ध भने स्थापित गर्न सकेनन् तर, उनीहरुको अनुमान छ कि शेभिङ वा वाक्सिङका कारण छाला फाट्न वा घाउ लाग्न सक्छ, जसबाट भाइरसले सजिलै आक्रमण गर्न सक्छ ।

शेभका लागि एउटै ब्लेड प्रयोग गर्ने २ दाजुभाइको बीच एचआइभी नै सरेको भन्दै उक्त अध्ययनले भन्छ कि रेजर जस्तो शेभिङ गर्ने सामग्री आदानप्रदान गर्नु खतरनाक हुन्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay