scheduleमगलवार कार्तिक ४ गते, २०७७

आइपिएलमा राजस्थानको कीर्तिमानी जीत

काठमाडौं, १२ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा राजस्थान रोयल्सले जीत हात पारेको छ । लगातार दोस्रो जीत हासिल गर्ने क्रममा उसले कीर्तिमानी लक्ष्यलाई पूरा गर्दै किङ्स इलाभेन पञ्‍जाबलाई ४ विकेटले पराजित गर्‍यो ।

पञ्‍जाबले दिएको २२४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले ३ बलअगावै लक्ष्य भेट्टाएको थियो । सन्जु सामसनले ८५ तथा राहुल तेवातियाले ५३ रन बनाउँदा कप्तान स्टिभ स्मिथले ५० रन बनाए । तेवातियाले १८औं ओभरमा शेल्डन कट्रेलविरुद्ध ५ छक्का प्रहार गरेका थिए । पञ्‍जाबका मोहम्मद शामीले तीन विकेट लिँदा शेल्डन कट्रेल जिम्मी नीशम र मुरुगन आश्‍विनले १ १ विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्‍जाबले मयंक अग्रवालको शतकमा निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो । कप्तान केएल राहुलले पनि ६९ रन बनाएका थिए ।

आइपिएल इतिहासमा कुनै पनि टोलीले यति ठुलो लक्ष्यलाई पूरा गरेको थिएन ।

जीतसँगै २ खेलबाट ४ अंक बनाएको राजस्थान अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पराजित पञ्‍जाब दुई अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay