scheduleमगलवार कार्तिक ४ गते, २०७७

लालिगामा बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं, १२ असोज । स्पेनिस लालिगाअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक उपविजेता बार्सिलोनाले फराकिलो जीत हात पारेको छ । नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा उसले भिल्लारियललाई ४-० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फातीले २ गोल गरे भने कप्तान लियोनल मेसीले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।

बार्सिलोनाले १५औं मिनेटमा अन्सु फातीको गोलबाट अग्रता लिएको थियो । त्यसको केहीबेरमा ने १९औं मिनेटमा फातीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

३५औं मिनेटमा बार्सिलोनाले पेनाल्टीको अवसर पायो । मारियो गास्परले फातीलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

पहिलो हाफको इन्ज्युरी समयमा पोउ टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो ।

जीतसँगै बार्सिलोना ३ अंक बटुल्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay