scheduleबुधवार कार्तिक ५ गते, २०७७

म्यान्चेस्टर सिटीलाई नमीठो हार चखाउन भार्डीले गरे ह्‍याट्रिक

काठमाडौं, १२ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्‍न खेलमा लेस्टर सिटीले शानदार जीत निकालेको छ । लेस्टरले म्यान्चेस्टर सिटीलाई उसैको मैदानमा ५-२ को नमीठो हार चखायो ।

खेलमा सिटीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । चौथो मिनेटमै रियाद माहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

३७औं मिनेटमा भार्डीलाई काइल वाल्करले पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा भार्डीले नै गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको सुरुवातमा भार्डीले गोल गरेपछि खेलमा लेस्टरले अग्रता लियो ।

त्यसको ४ मिनेटमै भार्डीले पुनः अर्को पेनाल्टीमार्फत गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यतिबेला लेस्टरले ३ १ को अग्रता बनाइसकेको थियो । ७७औं मिनेटमा जेम्स म्याडिसनले पेनाल्टी क्षेत्र बाहिरबाट शानदार गोल गर्दै लेस्टरलाई फराकिलो जीततर्फ अग्रसर गराए ।

८४औं मिनेटमा नेथन आकेले गोल गर्दै गोलअन्तर कम गरेपनि इन्ज्युरी समयमा लेस्टरले तेस्रो पेनाल्टी पायो र भार्डी परिवर्तन भइसकेको अवस्थामा युरी टाइलेमन्सले गोल गर्दै लेस्टरलाई ५ २ को फराकिलो जीत दिलाए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay