scheduleबुधवार कार्तिक ५ गते, २०७७

युभेन्ट्सले रोमालाई बराबरीमा रोक्यो, रोनाल्डोको दुई गोल

काठमाडौं, १२ असोज । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् ।

१० खेलाडीमा समेटिएको युभेन्ट्सले खेलमा दुई पटक पछि परेको अवस्थाबाट २-२ को बराबरी गर्न सफल भएको हो ।

३१औं मिनेटमा घरेलु टोलीले पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिएको थियो । एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा जोर्डन भेरेटआउटले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए ।

४४औं मिनेटमा युभेन्ट्ले पनि पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । पेनाल्टी बक्समा रोनाल्डोको गरेको प्रहारलाई रोमाका लारेन्जो पेलेग्रनीले ह्यान्ड गर्न पुगेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हाफका इन्ज्युरी समयमा भेरेटआउटले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई पुनः अग्रता दिलाए ।

६२औं मिनेटमा युभेन्ट्स १० खेलाडीमा समेटियो । हेनरिक मिखटरयानलाई फल गरेपछि रेफ्रीले एड्रिन राविओटलाई दोहोरो पहेंलो कार्ड देखाउँदै मैदानबाहिर पठाए ।

६९औं मिनेटमा रोनाल्डोले व्यक्तिग दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

बराबरीसँगै युभेन्ट्सको २ खेलबाट ४ अंक छ भने रोमाको १ अंक छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay