scheduleमगलवार कार्तिक ४ गते, २०७७

बालिका हत्याका आरोपी पक्राउ

सुनसरी, १२ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्‍न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay