scheduleबिहिवार कार्तिक १३ गते, २०७७

एक ओभरमा ६ छक्का प्रहारबाट चुके तेवतिया, युवराजदेखि सहवागसम्मको अनौठो प्रतिक्रिया

नयाँ दिल्ली, १२ असोज । राजस्थान रोयल्सका खेलाडी राहुल तेवतियाले आइतबार आईपीएलमा आफ्नो पहिलो अर्धशतक बनाए । फरिदावाका २७ वर्षीय खेलाडी तेवतियाले दोस्रो खेलमा जब्बर ब्याटम्यानको पहिचान बनाउन सफल भएका छन् ।

शारजाहको रंगशालामा पञ्जाबको विरुद्ध तेवतियाले जबरदस्त ब्याटिङ गर्दै छक्काको वर्षा गराए ।

उनले पञ्जाबका स्टार बलर शेल्डन कट्रेललाई जमेर आक्रमण गरे । उनले एक ओभरमा पाँच छक्का हिर्काएर ३० रन बटुले ।

चौथो नम्बरमा ब्याटिङ गर्न आएका तेवतियाले सुरुमा २३ बलमा मात्र १७ रन बनाएका थिए । तर उनले लगत्तै ८ बलमा ३६ रन जोडे ।

दिल्लीबाट पञ्जाब आएका उनले कट्रेलको १८ औं ओभरको चार बलमा लगातार ४ छक्का प्रहार गरे । एकपटक त यस्तो लाग्थ्यो कि उनले ६ बलमा ६ वटै छक्का हिर्काउनेछन् ।

तर कट्रेलले पाँचौं बलमा बल सुस्त गतिमा अफ साइडमा फ्याँके र छक्काबाट बचे ।

यद्यपि, अर्को बलमा उनले पुन छक्का प्रहार गरे । यसरी राहुल तेवतियाले कट्रेललाई एक ओभरमा पाँच छक्का हिर्काइदिए ।

तेवतियाको यो पारी हेरेपछि ६ बलमा ६ छक्का हिर्काउने युवराज सिंहले आफ्नो प्रतिक्रिया दिएका छन् । युवराजले उनलाई एक बल छाडेकोमा धन्यवाद दिए ।

युवराजले राहुल तेवतियालाई ट्याग गर्दै ट्वीट गरेका छन्, ‘होइन भाइ होइन । एक बल छाडेकोमा धन्यवाद । कस्तो खेल भयो, एक शादार जितका लागि राजस्थानलाई बधाई ।’

युवराजले मयंक अग्रवाल र सञ्जु स्यामसनको पनि प्रसंशा गरेका छन् ।

युवराजका साथै टिम इण्डियाका पूर्व विस्फोटक खेलाडी विरेन्द्र सहवागले पनि तेवतियाको प्रसंशा गरेका छन् । सहवागले आफ्नो रमाइलो शैलीमा लेखेका छन्, ‘तेवतियालाई माता चढ्यो । गज्जबको खेल थियो । यस्तै क्रिकेट हुन्छ र जीवन पनि यस्तै हुन्छ । मिनेटमै बदलिदिन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay