scheduleबिहिवार कार्तिक १३ गते, २०७७

लिग वानमा पिएसजीको लगातार तेस्रो जीत

काठमाडौं, १२ असोज । फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति सम्पन्‍न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जीत हात पारेको छ । लगातार तेस्रो जीत निकाल्‍ने क्रममा उसले रिम्सलाई उसैको मैदानमा २-० ले हरायो ।

पिएसजीको जीतमा दुवै गोल माउरो इकार्डीले गरेका हुन् । उनलाई दुवै गोलमा किलियन एमबाप्पेले एसिस्ट गरेका थिए ।

पिएसजीले खेलको नवौं मिनेटमा इकार्डीको गोलमार्फत अग्रता लिएको थियो । एमबाप्पेको पासमा इकार्डीले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए ।

दोस्रो हाफको ६२औं मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई २-० को अग्रता दिलाए ।

जीतसँगै पिएसजी ५ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा रहेको छ भने पराजित रिम्सको १ अंक रहेको छ र तालिकाको १९औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay