scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

स्वास्थ्य मन्त्रालयको निर्देशन उल्लंघन गर्दै ६० कटेका नेताहरु

काठमाडौं, १२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । खासगरी कोरोना संक्रमणको जोखिम रहेका काठमाडौं उपत्यकालगायत मोरङ, चितवन र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँहरुमा ६० वर्ष नाघेका मानिसहरुलाई घरबाहिर ननिस्कन सरकारले आह्वान गरेको हो ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भनेका छन्, ‘देशभर कोरोना भाइरसको संक्रमण बढिरहेको छ। काठमाडौं उपत्यका लगायत मोरङ, चितवन र सुर्खेत कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँहरुमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गर्दछ।’

गौतमले ६० वर्ष पुगेका, रक्तचाप, मधुमेहका विरामी, क्यान्सर र मृगौला रोगीहरूलाई घरबाहिर ननिस्कन आग्रह गरे पनि विभिन्न पार्टीका शीर्ष नेताहरुले पनि सरकारी आग्रहलाई उल्लंघन गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको आग्रहलाई मान्ने हो भने अब सत्तारुढ नेकपासहित सबैजसो दलका अध्यक्ष र नेताहरु समेत घरबाट निस्कन हुँदैन । किनकी उनीहरु ६० मात्र होइन, ७० नाघेका पनि छन् ।

कतिपय नेताहरु दीर्घरोगी समेत छन् । प्रधानमन्त्री स्वयंले पटकपटक मिर्गौला प्रत्यारोपण गरेका छन् । तर, शीर्ष नेताहरु भने मन्त्रीपरिषद् पुनर्गठनदेखि संवैधानिक निकायका नियुक्तिहरुमा भागबण्डाका लागि दौडधुपमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay