scheduleआइतवार कार्तिक ९ गते, २०७७

चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्ने नेविसंघका ६ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा

तस्बिर साैजन्य- मनिष सिंखडा

काठमाडौं, १२ असोज चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ६ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेविसंघले नेपालको हुम्लामा चिनियाँ पक्षले सीमा मिचेको विरोधमा सोमबार बिहान काठमाडौंको टंगालस्थित दूतावास अगाडि नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वमा प्रदर्शन गरेको हो ।

 

पूर्वमहामन्त्री काप्लेका अनुसार पक्राउ पर्नेमा   नेविसंघका नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्का रहेका छन् ।

पक्राउ परेकाहरूलाई विनाशर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay