scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

ओली र दाहाल वालुवाटारमा, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने

काठमाडौं, १२ असोज । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता सुरू भएको छ। उक्त भेटमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले १/२ दिनमै मन्त्रिपरिषद्को पुनर्गठन गर्न चाहेका छन् भने प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि केही समय कुर्नुपर्ने धारणा राखेका छन्। प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड  निकट एक नेताले बताए ।

आइतबार पनि उनीहरु बीच छलफल भएको थियो ।  दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद् पुनर्गठन केही ढिलो हुनसक्ने अनुमान गरिएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay