scheduleमगलवार कार्तिक ४ गते, २०७७

काठमाडौं उपत्यकामा एकैदिन थपिए ८१७ कोरोना संक्रमित, एकजनाको मृत्यु

काठमाडौं, १२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ३०१ महिला र ५१६ पुरुषमा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्‍टि भएको छ ।

त्यसैगरी ललितपुरकी एक जना संक्रमित महिलाको पनि ज्यान गएको छ । उपत्यकामा एकसहित पछिल्लो २४ घण्टामा नेपालमा कुल चारजनाको ज्यान गएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १३५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay