scheduleबिहिवार कार्तिक १३ गते, २०७७

मिलेन अध्यक्षद्वयको भागबण्डा, मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई हुने संकेत

काठमाडौँ, १२ असोज । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल आज पनि बिना निश्कर्ष टुंगिएको छ । अध्यक्षद्वय मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा छलफल गर्न छलफलमा जुटेका थिए ।

केही दिनदेखि मन्त्रीमण्डल हेरफेरबारे भागबण्डा जुटाउन छलफलमा जुटिरहेका अध्यक्षद्वय आज पनि बालुवाटारमा बसेका थिए । दुवै नेताहरु आफ्नो अडानबाट टसनमस भएपछि सहमति जुट्न नसकेको हो ।

मन्त्रिमण्डल पुर्गठनमा कसलाई ल्याउने र कसलाई हटाउने भन्नेबारेमा अध्यक्षद्वयबीच कुरा मिल्न सकेको छैन । ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको पनि उनी आफ्नै रुचिअनुसार पात्रहरुमा खेल्न चाहन्छन् । अध्यक्ष प्रचण्ड पार्टीको निर्णयअनुसार सरकार चल्नुपर्ने भन्दै आफू अनुकूलका पात्रहरुमा अल्झिएका छन् ।

यसबारे बिहीबारदेखि निरन्तर रुपमा अध्यक्षद्वयबीच वार्ता भइ रहेपनि सहमति बन्‍न सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay