scheduleमगलवार कार्तिक ४ गते, २०७७

कैलालीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु

धनगढी, १२ असोज । सुदूरपश्‍चिम प्रदेशमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको आइसियूमा उपचाररत् धनगढीकी ६३ वर्षीया कोरोना सङ्क्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनी श्‍वासप्र‍श्‍वासमा समस्या आएपछि असोज ७ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।

तर, ती महिलामा १० गते मात्रै कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएको २ दिनपछि सोमबार उनको मृत्यु भएको हो ।

योसँगै सुदूरपश्‍चिम प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay