scheduleमगलवार कार्तिक ४ गते, २०७७

जमिन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा

फाइल तस्वीर

अर्घाखाँची, १२ असोज । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमिन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ ।

वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेको निष्कर्ष निकालेको छ ।

सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिराबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ ।

घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

उक्त स्थानमा जमिन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए । पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमिन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ ।

कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन् । ४६ घर पहिराको उच्च जोखिममा र झण्डै १०० घर जोखिममा छन् । ढुङ्गेसेरा क्षेत्रमा जमिन भासिँदा पाँच घर पूर्ण रुपमा भत्किएका छन् ।

एघार घर पहिराको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिराको जोखिममा रहेको वडा नम्वर ११ का वडाध्यक्ष कपिल आलेले बताउनुभयो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay