scheduleमगलवार कार्तिक ४ गते, २०७७

‍बोक्सा बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा पाँचजना पुर्पक्षका लागि कारागार चलान

दोलखा, १२ असोज । बोक्सा बोक्सी भन्दै दुर्व्यवहार र सामाजिक बहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्सा बोक्सी भन्दै सामाजिक बहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्‍न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो ।

सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ ।

उनीहरुलाई प्रहरीले असोज ७ गते घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्साबोक्सीको आरोप लगाउँदै सामाजिक बहिस्कार गरेका थिए ।

स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक बहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay