scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

रोमाञ्‍चक खेलको सुपर ‌ओभरमा मुम्बईलाई हराउँदै बैंगलोरद्वारा दोस्रो जीत दर्ता

काठमाडौं, १३ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले जीत हात पारेको छ । प्रतियोगितामा दोस्रो जीत हात पार्ने क्रममा उसले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्‍यो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ७ रन मात्र जोडन सक्यो । त्यसपछि ब्याटिङ गरेको बैंगलोरका कप्तान विराट कोहलीले अन्तिम बलमा विजयी रन प्रहार गर्दै टोलीलाई जीत दिलाए ।

त्यसअघि बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन नै बनाएपछि खेल बराबरी भएको थियो । मुम्बईका इशान किशान शतक बनाउनबाट एक रनले चुके । उनले ९९ रन बनाउँदा कायरन पोलार्ड रनमा अविजित रहे । बैंगलोरका  इसुरु उडानाले दुई तथा वासिङटन सुन्दर, युजभेन्द्र चहल र एडम जाम्पाले एक-एक विकेट लिए ।

यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले अविजित ५५ रन बनाउँदा ओपनर देवदत्त पडिक्कलले ५४ तथा एरन फिन्चले ५० रन बनाए । शिवम दुबेले पनि अन्त्यतिर ठुला शट खेल्दै १० बलमा २७ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले दुई विकेट लिए भने राहुल चाहरले १ विकेट लिए ।

जीतसँगै ३ खेलबाट ४ अंक जोडेको बैंगलोर अंकतालिकाको तेस्रो स्थानमा उक्लन सफल भएको छ भने पराजित मुम्बई समान खेलबाट २ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay