scheduleशुक्रवार कार्तिक १४ गते, २०७७

प्रिमियर लिगमा साविक विजेता लिभरपुलको लगातार तेस्रो जीत

काठमाडौं, १३ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार बेलुका सम्पन्‍न खेलमा लिभरपुलले जीत हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ ले हरायो ।

लिभरपुलको जीतमा साडियो माने, एन्ड्रयु रोबर्टसन र डियोगो जोटाले एक-एक गोल गरे । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टले एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने आर्सनलले लिएको थियो । २५औं मिनेटमा लाकाजेट्टले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

तर त्यसको तीन मिनेटमै साडियो मानेले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ३४औं मिनेटमा रोबर्टसनले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।

लिभरपुरका लागि डेब्यु खेल खेल्दै ८०औं मिनेटमा मैदानमा प्रवेश गरेका जोटाले ८८औं मिनेटमा गोल गरेपछि लिभरपुलको ३-१ को जीत सुनिश्‍चित भएको थियो ।

लगातार तेस्रो जीत हात पारेसँगै लिभरपुल ९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान ९ अंक नै रहेपनि गोलअन्तरमा लेस्टर सिटी शीर्षस्थानमा तथा एभर्टन तेस्रो स्थानमा छ । पराजित आर्सनल ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै प्रिमियर लिगको अर्काे खेलमा एस्टन भिल्लाले फुलहममाथि ३–० को सहज जीत हात पारेको छ । भिल्लाको जितमा ज्याक ग्रियलिस, कोनोर होउरीहेन र टेरन मिङ्सले गोल गरे ।

भिल्लाको यो लगातार दोस्रो जित हो । फुलहामको भने लगातार तेस्रो हार हो । एस्टन भिल्ला ६ अंक जोडेर चौथो स्थानमा रहँदा फुलहम अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay