scheduleबिहिवार कार्तिक १३ गते, २०७७

आइपिएलमा पहिलो शतक प्रहार गर्नबाट एक रनले चुके इशान किशन

काठमाडौं, १३ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न रोमाञ्‍चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सुपर ओभरमा जीत हात पारेको छ ।

निर्धारित २० ओभरको खेलमा बैंगलोरले दिएको २०२ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले खराब अवस्थाबाट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको थियो ।

मुम्बई ७८-४ को कठिन अवस्थामा रहँदा त्यहाँबाट खेलमा पुनरागमन गराउन महत्वपूर्ण भूमिका इशान किशन र कायरन पोलार्डले खेले । उनीहरुले पाँचौ विकेटका लागि शतकीय साझेदारी गरे ।

इशान किशन अन्तिम ओभरको पाँचौ बलमा आउट भए जतिबेला मुम्बईलाई जीतका निम्ति दुई बलमा पाँच रन आवश्यक थियो । तर किशन आउट भएसँगै एक बलमा पाँच रन आवश्यक भयो र पोलार्डले चौका प्रहार गर्दै खेल बराबरीमा पुर्‍याए । यद्यपि सुपर ओभरमा बैंगलोर नै भाग्यमानी साबित भयो ।

तर टोलीलाई जीतको संघारमै पुर्‍याएका किशन शतक प्रहार गर्नबाट मात्र एक रनले चुके । ५८ बलमा ९९ रन बनाएका किशनले दुई चौका र ९ छक्का प्रहार गरेका थिए ।

तर इसुरु उडानाको बलमा देवदत्त पडिक्कलको हातबाट समातिएपछि उनी आइपिएलमा पहिलो शतक बनाउनबाट चुकेका हुन् ।

यसै संस्करणको आइपिएलमा हालसम्म दुई खेलाडीले शतक प्रहार गरिसकेका छन् । दुवै खेलाडी किङ्स इलाभेन पञ्‍जाबका ओपनर हुन् ।

बैंगलोरकै विरुद्ध पञ्‍जाबका कप्तान एवम् ओपनर केएल राहुलले अविजित १३२ रन बनाएका थिए भने राजस्थानविरुद्धको खेलमा अर्का ओपनर मयंक अग्रवालले १०६ रन बनाएका थिए ।

२२ वर्षीय किशनले सन् २०१६ मा भारतका लागि १९ वर्षमूनिको विश्‍वकपमा कप्तानी गरेका थिए र भारतलाई फाइनलसम्म पुर्‍याएका थिए । त्यसपछि पनि घरेलु लिग रन्जी ट्रफीमा झारखण्डका लागि एकै सिजनमा सर्वाधिक ७९९ रन बनाएका थिए जसमा एकै खेलमा बनाएको २७३ रन पनि समावेश थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay